Ads 468x60px

Labels

Friday, May 9, 2014

आफ्नो वाईफाईलाई कसरि सुरक्षित राख्ने ?

वाइफाई एउटा एस्तो प्रविधि हो, जसको माध्यमबाट  इलेक्ट्रोनिक डिभाइसहरुले डाटा ताररहित एक wifi wireless डिभाइसबाट अर्को डिभाइसमा आदान प्रदान गर्ने काम गर्दछ। यसको लागि रेडियो वेभ प्रबिधिको प्रयोग गर्ने गर्छ र  बिल प्रोडक्ट हो जुन  IEEE मा बेस्डभर कम गर्नेगर्छ र wifi devices जस्तै कम्प्युटर , ल्यापटप हरु नेटवर्क वा इन्टरनेटमा कनेक्ट हुन wireless access point को जरुरत हुन्छ।
वायरलेस सेक्युरिटी भनेको वायरलेस नेटवर्कमा प्रयोग भएको वायरलेस डिभाइसहरुलाई अनधिकृत उपयोगकर्ता हरुबाट सुरक्षित राख्नु हो र यदि कोइ अनधिकृत उपयोगकर्ताहरुले हाम्रो वायरलेस नेटवर्कमा प्रवेश गर्न सके भने हाम्रो कनेक्सन स्लो गरिदिन सक्छन।  हाम्रो प्राइवेट डाटाहरु ऐसेस a गर्न सक्छन र एति मात्र नभएर हाम्रो नेटवर्कमा बसेर धेरै अनैतिक कामहरु गर्न सक्छन।  ट्रेस गर्दा हाम्रो नेटवर्क देखा पर्ने हुनाले हामीनै फस्न सक्छौं र त्यसैले wireless security मा धेरै ध्यान दिनु पर्ने हुन्छ ।
कसरि सेक्योर गर्ने त हाम्रो वायरलेस कनेक्सन
इनेबल इन्क्रिप्सन
वाइफाई सेक्युरिटी सुरक्षित राख्ने यो पहिालो र अति आवश्यक प्रव्रिmया हो ।  यसले राउटरबाट डाटा पठाउदा डाटालाई इन्कोड गरेर पटाउछ र अनधिकृत प्रवेशलाई रोक्दछ। वायरलेस सेक्युरिटी मख्ुक्यत २ प्रकारको हुन्छ – WEP-Wireless Equivalent Privacy  र WPA -Wireless Protected Access।
WEPA धेरै कमजोर स्ट्यांडर्ड मानिन्छ किन भने यसले प्रयोग गर्ने पासवर्ड सजिलै केहि मिनेटमा कम्प्युटर र केहि सफ्टवेयर टूलको मद्धतबाट क्र्याक (crack) गर्न सकिन्छ। WEP ले १२८ बिटको इन्व्रिmप्सन की प्रयोग गर्छ, जसको कारणले यो क्रयाक गर्न सजिलो र थोरै समय लाग्ने हुनाले यो की प्रयोग गर्ने डिभाइसहरु प्राय अजकाल ह्याक भैइरहन्छन।  WEP मा देखिएको कमजोरीको कारणले नै WPA  सेक्युरिटी स्ट्यांडर्ड निकालिएको हो र अहिलेको नया स्ट्यांडर्ड भनेको WPA 2 हो, जसले २५६ बिट इन्क्रिप्सन की प्रयोग गर्छ । जति धेरै बिटको इन्व्रिmप्सन की त्यतिनै सेकुरिटी सुरक्षित राख्न सकिन्छ।
राउटरको डिफल्ट सेटिंङ परिवर्तन गर्ने
कुनै पनि अनधिकृत उपयोगकर्ता हरुलाई रोक्न र सुरक्षित हुनको लागी आफ्नो राउटरको सेटिङलाई परिवर्तन गरी सुनिश्चित गर्नुहोस । सेटिंङ परिवर्तन गर्दा तपाइलाई सेट सेवा पहिचान कर्ता( ) नाम पनि परिवर्तन गर्न चाहनु हुन्छ होला र प्राय जसो राउटर निर्माताहरुले राउटरको नाम आफ्नो निर्माण कम्पनीको नाममा राख्ने गर्दछन । जस्तै lINKSYS भन्ने कम्पनीको राउटरको नाम lINKSYS रहेको हुन्छ र तर आफुले राउटरको डिफल्ट प्रयोगकर्ता नाम (username) र password प्रयोग निश्चित गर्न कम्पनीद्वारा राखिएको SSID नाम परिवर्तन गर्न उचित रहन्छ ।
SSID प्रसारण बन्द गर्ने
आफ्नो नेटवर्कको सिमा भित्र रहेको अन्य कुनै पनि डिभाइसलाई तपाइको राउटरको उपस्थिति बारे सूचना प्रयोग गर्न क्क्क्ष्म् को भूमिका रहेको हुन्छ । प्राय जसो वायरलेस राउटरमा SSID प्रसारण बन्द राख्ने विकल्प रहेको हुन्छ जसले तपाइको नेटवर्क भित्र रहेको अन्य प्रयोगकर्ता हरुलाई तपाइको राउटरको नेटवर्क लाई नदेखिने बनाउछ । यो SSID प्रसारण बन्द गर्न उपाय सबै राउटरमा नमिल्न सक्छ किनकि कुनै कुनै राउटरहरुमा SSID प्रसारण बन्द गर्दा त्यस राउटरमा wireless network जोड्न खोज्दा समस्या देखा पर्छ।
MAC address को आधारमा उपयोगको अनुमति प्रदान गर्ने 
प्राय जसो सबै नेटवर्क इनेबल डिभाइसहरुमा एउटा पृथक पहिचान नम्बर हुन्छ जसलाई machine Address Code भनिन्छ। प्राय जसो वायरलेस राउटरमा df  MAC address को आधारमा मात्रै पनि उपयोग गर्न सकिन्छ । यसबाट तपाइले चाहनुभएको प्रयोगकर्ता हरुलाई मात्र प्रयोग गर्न पाउने हुन्छन र अन्य अरु सबै जना तपाइको नेटवर्कबाट बन्चित हुन्छन । फिल्टरिङ (Filtering) विकल्प सक्रिय गर्न आफ्नो राउटरको admin setting मा Mac adress थप गर्नुहोस र कुनै पनि निश्चित डिभाइसको MAC address पहिचान गरि सेटिङ गर्नुहोस ।MAC address पहिचान गर्ने प्रक्रिया कुन डिभाइस प्रयोग गर्दै हुनुहुन्छ त्यसमा भर पर्छ ।  विन्डोज प्रयोग गर्नुहुन्छ भन्ने command prompt मा गर
ipconfig/all type गरि इन्टर गर्नुहोस त्यसपछि MAC address ? physical address वा ६ जोडीको अक्षरका रुपमा आउछ।  अन्य उपकरणहरु जस्तै smartphone र  tablets हरुमा अन्य थप प्रक्रिय हरु हुन्छन तर आफ्नो Mac adress थाहा पाउन उपभोक्ता किताब(owner मनुअल) को सहायता लिन सक्नुहुन्छ। MAC addressको नक्कली बममचभकक बनाएर राउटरलाई झुक्याउन पनि सकिन्छ जसलाई MAC spoofing भनिन्छ र त्यसैले MAC addressको आधारमा नेटवर्कको अनुमति प्रदान गर्दा अन्य सुरक्षित उपायहरु पनि एकै साथ प्रयोग गर्नु पर्छ ।
इनेबल फायरवाल्स
अहिलेको राउटरमा फायरवालको सुबिधा भए पनि यसमा डीसेवल गर्न मिल्ने अप्सन भएको हुनाले हामिले हाम्रो राउटरमा भएको फायरवाल इनेबल छ कि छैन भन्ने कुरा बिचार गर्नू पर्दछ ।  फायरवाल इनेबल गर्दा वायरलेस सेकुरिटी सुरक्क्षित् राखन सकिन्छ। अझ हरेक कम्प्युटर जुन राउटरसँग कनेक्ट भएका छन् त्यो कम्प्युटरमा पर्सनल फायरवाल सफ्टवेर टूल इन्स्टल गरि  सेक्युरिटी धेरै सुरक्षित  राखन सकिन्छ ।